नेभिगेशन
नेपाल प्रहरी

लागुऔषध खरिद गर्न आएका साहरुख खानसहित ६ जना बाँकेको प्रहरीको नियन्त्रणमा

बाँके। बाँकेका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।  बाँके प्रहरीले गरेको लागुऔषधविरुद्धको कारबाहीमा नेपालगन्ज उपमहानगरपालिका  र जानकी गाउँपालिका क्षेत्रबाट एक किशोरसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बाँकेले जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–२० स्थित आयल निगम नजिकबाट राप्तीसोनारी गाउँपालिका–२ बस्ने ३४ वर्षीय पूर्ण बहादुर विकलाई २ ग्राम २९ मिलिग्राम ब्राउनसुगरसहित आइतबार राति पक्राउ गरिएको हो।

त्यसैगरी, जानकी गाउँपालिका–६ ओडारपुरबाट नेपालगन्ज उपमहानगरपालिका–२० बस्ने १८ वर्षीय किशोरलाई २ सय ४० मिलिग्राम ब्राउनसुगरसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी गनापुरबाट खटिएको टोलीले गरेको थप अनुसन्धानका क्रममा जानकी गाउँपालिका–६ बस्ने २९ वर्षीय राहुल बर्माको घरमा तलासी गर्दा ५ सय मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ। सोही क्रममा राहुल बर्मासहित लागुऔषध खरिद गर्न आएका नेपालगन्ज–२० बस्ने ४२ वर्षीय जाकिर कुर्मी र ३० वर्षीय साहरूख खान बेहनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी  कार्यालय बाँकेले जनाएको  छ।

यसैबीच, नेपालगन्ज उपमहानगरपालिका–१४ भवानीपुरबाट ३३ वर्षीय अकबर अलीलाई १ सय ६० मिलिग्राम ब्राउनसुगरसहित आइतबार साँझ पक्राउ गरिएको  हो। अकबरलाई इलाका प्रहरी कार्यालय हिरमिनियाले पक्राउ गरेको हो।

पक्राउ परेकाहरूविरुद्ध बाँके प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्