नेभिगेशन
नेपाल प्रहरी

२० वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोपमा ३१ वर्षीय युवक पक्राउ

काठमाडौं । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पकर!गरेको छ।

पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-२ बस्ने ३१ वर्षीय सुरेश अवस्थी रहेको प्रहरीले जनाएको छ।

सुरेशले ती महिलालाई कैलाली धनगढी उपमहानगरपालिका-४ स्थित संजोक होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ‍।

यस सम्बन्धमा कैलाली प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्