नेभिगेशन
नेपाल प्रहरी

छुट्टाछुट्टै तीन जबरजस्ती करणी घटनामा ५ युवक पक्राउ

काठमाडौं।  जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–१६ का २१ वर्षीय प्रदिप चन्दसहित ३ जनालाई १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । पीडित किशोरीको उजुरीका आधारमा अस्थायी प्रहरी पोस्ट बेहडाबाबाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ  गरेको हो।

यस्तै, धादिङको धुनिवेशी नगरपालिका–४, रूपाखेती गाउँका  ३३ वर्षीय रामशरण रूपाखेतीलाई ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ। पीडित महिलाको उजुरीपछि इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

त्यसैगरी, धादिङकै खनियावास गाउँपालिका–१, नेक्साका २८ वर्षीय वर्णबास तामाङलाई १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय दार्खाबाट खटिएको प्रहरी टोलीले उनलाई खनियावास गाउँपालिका–४ बाट पक्राउ गरेको हो।

उक्त घटनाहरू सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्