नेभिगेशन
सुरक्षा अपडेट

१४ र १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी, दुई युवक पक्राउ

काठमाडौं । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका-५ बस्ने १९ वर्षीय अभिशेक महतो रहेको प्रहरीले जनाएको छ । यसैगरी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका-५ बस्ने २१ वर्षीय शिवा राईलाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूले ती  दुई बालिकाहरूलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्