नेभिगेशन
सुरक्षा अपडेट

सवारी दुर्घटना ६ जनाको मृत्यु, २ जना घाइते

काठमाडौं । सुनसरी, सप्तरी, सिराहा, धनुषा, मकवानपुर र रूपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

सुनसरीको कोशी गाउँपालिका–८ मा पिकअप दुर्घटना हुँदा चालक मोरङ रंगेली–३ का पदम राईको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अर्का एक जनाको उपचार भइरहेको छ।सप्तरीको बलान बिहुल गाउँपालिका–१ मा मोटरसाइकलको ठक्करबाट स्थानीय भल्सरीया देवी यादवको मृत्यु भएको छ।

त्यसैगरि सिराहाको गोलबजार नगरपालिका–९ मा बस र मोटरसाइकल ठोक्किँदा नरेश कुमार यादव ९सिराहा० र ईन्तियाज राईन कवाडी ९धनुषा०को मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अर्का एक जनाको उपचार भइरहेको छ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ मा मोटरसाइकलको ठक्करबाट स्थानीय गुलपिया देवी महराको मृत्यु भएको छ। यसैगरी मकवानपुरको हेटौंडा–११ मा स्कुटर दुर्घटनामा चालक सागर स्याङ्तानको ज्यान गएको छ।

रूपन्देहीको बुटवल–११ मा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा रोचक बेलबासेको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सबै दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्