नेभिगेशन
नेपाल प्रहरी

१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

पाल्पा।  १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका–४, खोप्टारमा बस्दै आएका नवलपरासी (पूर्व) बौदीकाली गाउँपालिका–३, नयाँछापका २२ वर्षीय आकाश पुलामी मगर रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले शनिबार राति उनलाई पक्राउ गरेको हो।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्