नेभिगेशन
नेपाल प्रहरी

ठूलो मात्रामा ब्राउनसुगरसहित नेपालगञ्ज र बर्दियाबाट तीन जना पक्राउ

काठमाडौं । बाँकेको नेपालगञ्ज र बर्दियाबाट प्रहरीले अवैध ठुलो परिमाणको लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–११ बाट प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङबाट समेत खटिएको प्रहरी टोलीले आइतबार दिउँसो बा१७ च १४२२ नम्बरको कार जाँच गर्ने क्रममा  ४८ ग्राम ७० मिलिग्राम ब्राउनसुगर  बरामद गरेको हो। उक्त कारका चालक दाङको लमही नगरपालिका–५ निवासी मधु सुधन पुलामी र कारमा सवार २८ वर्षीय निश्चल केसीलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यस्तै, बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट आइतबार राति प्रहरी चौकी महम्मदपुरबाट खटिएको टोलीले बाँकेको खजुरा गाउँपालिका–२ का २० वर्षीय नरेश चौधरीलाई १ सय ५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि सम्बन्धित प्रहरी कार्यालयले लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान सुरु गरेको  प्रहरी प्रधान कार्यालय जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्