नेभिगेशन
नेपाल प्रहरी

'दुर्घटनामा घाइते साथीलाई बचाउनुको सट्टा उल्टै हत्या'

बर्दिया । दुर्घटनापछि घाइते साथीलाई अस्पताल लैजानुको साटो हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

यो घटना बर्दियामा ठाकुरबाबा क्षेत्र घटेको हो।

जिल्लाको ठाकुरबाबा नगरपालिका – ९ बेतहनीका २७ बर्षीय आशाराम थारुको हत्या आरोपमा डोटीको शिखर नगरपालिका – ४ बिनाडी स्थायी घर भइ बर्दियाको ठाकुरबाबा– ७ कालीगौडी बस्ने २० बर्षीय गोबिन्द जैसी पक्राउ परेका हुन ।

आशाराम ‘आरके मोटरसाइकल रिपेरिङ सेन्टर’को ग्यारेजमा काम गर्ने मिस्त्री हुन । साउन १४ गते बेलुकी थारुलाई भेट्न ग्यारेजमै गएका जैसी र स्थानीय १९ बर्षीय दिनेश बडुवालले मध्यरातिसम्म मदिरा सेवन गरेका थिए ।

त्यसपछि तीनै जना जैसीको लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल चढेर मध्य रातिमा थारुको घरमा पुगेका थिए । उनीहरु सबैले आशारामको घरमा खाना खाएपछि फेरि बडुवाललाई ‘मडेला’ स्थित गाउँमा पुर्‍याउन गएका थिए ।

मडेलाबाट फर्किने क्रममा साउन १५ गते बिहान करिब २ बजे तिर ठाकुरबाबाा–९ बजार क्षेत्रबाट उनीहरु हात्तीसारतर्फ जाँदै गरेको मोटरसाइकल नालामा खसेको थियो । चालक जैसीलाई सामान्ने चोट लागेपनि पछाडि सवार थारु गम्भीर घाइते बने । जैसीले थारुको उपचार गर्न धेरै पैंशा खर्च हुने अनुमान गरे । त्यही सोचले जैसीले थारुको हत्या योजना बुने।

जैसी दुर्घटनास्थल नजिकै एउटा निर्माणाधिन घरमा गइ ‘रटरिङको काठ’ बोकेर घटनास्थल फर्किए । थारुको छाति माथि पटक र पटक सोही ‘रटरिङको काठ’ले प्रहार गरे । मोटरसाइकलको चाँबीले थारुको अनुहारको भागमा पटक र पटक प्रहार गरि अचेत तुल्याए। थारुले घाँटीमा लगाएको डोरीको माला निकाले र त्यसैले करिब २ देखि ३ मिनेटसम्म घाँटी कसेर जैसीले उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्लाका प्रबक्ता डीएसपी रेशम बोहराका अनुसार जैसीले घटनास्वीकार गरिसकेका छन्। हत्यापछि थारुको शबलाई नजिकै रहेको ठाकुरबाबाबाट कुशल पटुवातर्फ पानी जाने सिंचाइ नालामा फालेको तथ्य खुलेको प्रहरीले जनाएको छ । थारुको हत्याको बास्तबिकता लुकाउन र उनको हत्या नभइ दुर्घटनाका कारण मृत्यु भएको हो भनेर झुटा कुरा देखाउने मनसायले जैसीले थारुको शब हत्या पछि आँफैले नालामा लगेर फालेको डीएसपी बोहराले बताए ।

यसरी पत्ता लागेको थियो थारुको हत्या घटना

साउन १५ गते बिहान दुर्घटनाग्रस्त अवस्थामा मोटरसाइकल नालामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नजिकको प्रहरीले बेवारिसे अवस्थामा दुर्घटनाग्रस्त मोटरसाइकल नालामा फेला पारेपछि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धनका क्रममा बेवारिसे अवस्थामा फेला परेको मोटरसाइकल जैसीको भएको खुले पछि प्रहरीले उनको खोजी थालेको थियो ।

दुर्घटनास्थलमा थारुको एउटा चप्पल मात्रै फेला परेको थियो । तर, उनको अवस्था अज्ञात थियो । जैसीले दुर्घटनापछि आँफु बेहोस बनेको हुँदा पछाडि सवार थारु कहाँ गए भन्ने कुरा आँफुलाई जानकारी नभएको भन्ने बयान सुरुमा गरेका थिए । स्थानीय र प्रहरीले आसपासका जंगलमा पनि थारुको खोजी गरेका थिए । त्यही क्रममा साउन १७ गते दिउँसो थारुको शब घटनास्थल भन्दा करिब १०० मिटर दक्षिणमा नालामा फेला परेको थियो। त्यसपछि प्रहरीले जैसी नियन्त्रणमा लिएको थियो । प्रहरीले बडुवाललाई पनि घटना अनुसन्धान र सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

आशाराम हत्या घटनाका मुख्य आरोपी गोबिन्द जैसीका बिरुद्ध जिल्ला अदालतले कतब्र्य ज्यान शिर्षकमा मुद्दा चलाउने गरि थप अनुसन्धान गर्न ७ दिनको म्याद ।दिएको तथा थप अनुसन्धान भइ रहेको डीएसपी बोहराले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्