नेभिगेशन
नेपाल प्रहरी

बाँके प्रहरीले फेला पार्‍यो चोरी भएका चारवटा मोटरसाइकल

नेपालगञ्ज । बाँके  प्रहरीले जिल्लाका विभिन्न स्थानबाट  चोरी भएका चारवटा मोटरसाइकल फेला पारी सम्बन्धित सवारीधनीलाई बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चोरी भएका मोटरसाइकलको खोजतलास गर्ने क्रममा फेला परेका मोटरसाइकलहरू आज सम्बन्धित सवारीधनीलाई बुझाइएको हो।

फेला परेका मोटरसाइकलहरूमा भे ६ प ७२३६, भे १२ प ८५६०, भे ११ प ६८२७ र भे १ प ८६५१ नम्बरका होन्डा साइन मोटरसाइकल रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बाँके प्रहरीले चोरी भएका सवारीसाधनको खोजी तथा बरामद अभियानलाई निरन्तरता दिइने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्