नेभिगेशन
नेपाल प्रहरी

नेपालगञ्जको ट्राफिक चोकबाट ब्राउनसुगरसहित एक युवक पक्राउ

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित ट्राफिक चोकबाट प्रहरीले ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगञ्जबाट खटिएको  टोलीले नेपालगञ्ज उपमहानगरपालिका–४ बस्ने ३१ वर्षीय सेराज बेहेनालाई शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उनको साथबाट १३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको बाँके  प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित बुधबार साँझ पक्राउ परेक बेहेनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्