नेभिगेशन
सुरक्षा अपडेट

जुम्लामा एक पुरुष मृत भेटिए, सुर्खेत दुर्घटनामा जेसीबी चालकको मृत्यु

 

जुम्ला । जुम्लामा एक पुरुषको शव फेलापरेको छ। चन्दननाथ नगरपालिका–६ स्थित यान्त्रिक कार्यालयनजिक बिहीबार साँझ जुम्ला–नाग्मा सडकखण्डमा एक पुरुष घोप्टो परेको अवस्थामा मृत फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शालिकराम खनालले जानकारी दिए ।

मृतक चन्दननाथ नगरपालिका–७ चिमा गाउँका ४१ वर्षीय रत्नचन्द्र रावल रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । प्रहरीले घटना बारेमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

सुर्खेतमा जेसीबी चालकको मृत्यु

सुर्खेतको बराहताल गाउँपालिका-७ नयाँवनस्थित भित्री सडकखण्डमा जेसीबी मेसिन सडकबाट करिब तीन सय मिटर तल खस्दा चालकको मृत्यु भएको छ ।

बाटो सफा गर्ने क्रममा भे।१ ग १२७ नम्बरको जेसीबी सडकबाट भिरमा खसेको हो।

दुर्घटनामा बराहताल गाउँपालिका(५ निवासी करिब ३३ वर्षीय चालक रामप्रसाद लामिछाने गम्भीर घाइते भएका थिए।

घाइते लामिछानेलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेत लगिएको थियो। अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गरी उनलाई मृत घोषणा गरेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्