नेभिगेशन
विपद्

रसुवा बाढी अपडेट: हालसम १६२ जनाको शव फेला

 

काठमाडौं । रसुवामा आएको बाढी परेकामध्ये अहिलेसम्म १६२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज बिहान दिएको विवरण अनुसार 

रसुवामा आएको भीषण बाढीपछि खोज तथा उद्धारका क्रममा विभिन्न जिल्लाबाट थप शवहरु फेला परेका हुन ।

उपलब्ध विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा ६४ वटा फेला परेका छन्। यस्तै धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, रसुवामा २, नवलपरासी पश्चिममा २ र तनहुँमा १ वटा शव फेला परेको विवरणमा उल्लेख छ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोलीले बेपत्ता भएकाहरूको खोजीलाई निरन्तरता दिइरहेका छन्। खोजी कार्य जारी रहेकाले मृतक तथा फेला परेका शवको संख्या थप बढ्न सक्ने देखिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्