नेभिगेशन
विपद्

बाढी प्रभावित नेपाललाई विश्व बैंकले १७ करोड अमेरिकी डलर सहयोग गर्दै

काठमाडौँ । बाढी तथा पहिरोबाट प्रभावित नेपालका लागि विश्व बैंकले १७ करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयका अनुसार यो सहयोग नेपाली रुपैयाँमा करिब २५ अर्ब बराबर हुन्छ।

विश्व बैंकबाट प्राप्त हुने सहयोगमध्ये तत्काल राहत र पुनःस्थापनाका काममा एक करोड अमेरिकी डलर खर्च गरिनेछ। उक्त रकम ‘र्‍यापिड रेस्पोन्स अपरेसन’ अन्तर्गत परिचालन गर्ने तयारी गरिएको छ।

सहयोग प्राप्त गर्न सरकारले आवश्यक औपचारिक प्रक्रिया पूरा गर्नुपर्नेछ। त्यसका लागि सरकारले संकटकाल घोषणा गरी त्यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्