नेभिगेशन
विपद्

भोटेकोशी बाढीमा सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४, कुन देशका कति?

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विभिन्न स्थानमा रहेका ६ सय ४४ जना पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतीय नागरिक छन् । भारतका १ सय ७८ जना पर्यटकको अवस्था अझै अज्ञात रहेको छ । त्यस्तै १ सय २७ नेपाली पर्यटक पनि सम्पर्कविहीन छन् ।

अमेरिकाका ६५ र युक्रेनका ५३ जना पर्यटक सम्पर्कविहीन रहेको बोर्डको तथ्यांकमा उल्लेख छ । मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना पर्यटक पनि सम्पर्कमा आएका छैनन् ।

यसैगरी सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ तथा लात्भिया र दक्षिण अफ्रिकाका ६र६ जना पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ ।
पर्यटक तथा ट्राभल एजेन्सी र सम्बन्धित कम्पनीहरूबाट प्राप्त विवरणका आधारमा तथ्यांक अद्यावधिक गरिएको पर्यटन बोर्डले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्