नेभिगेशन
सुरक्षा अपडेट

तुलसीपुर नजिकैको खोलामा माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु

दाङ । तुलसीपुर नजिकैको खोलामा माछा मार्न गएका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका २४ वर्षीय राजु घर्तीको करेन्ट लागेर मृत्यु भएको हो।

प्रहरीका अनुसार शनिबार बिहान घर्तीले घरबाट बिजुलीको तार लगेर घरनजिकैको टिकरी सिँचाइ कुलोमा करेन्ट प्रवाह गरी माछा मार्ने प्रयास गरेका थिए। त्यस क्रममा सावधानी नअपनाउँदा उनी आफैँ करेन्टको चपेटामा परेका थिए।

करेन्ट लागेपछि बेहोस भएका घर्तीलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। अस्पतालमा चिकित्सकले जाँच गरेपछि उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्