नेभिगेशन
सुरक्षा अपडेट

मोटरसाइकल दुर्घटनामा चालक र पछाडि सवार युवकको मृत्यु

काठमाडौं । मोटरसाइकल अनियन्त्रित भएर सडकदेखि तल खसेर दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ। 

प्रहरी प्रधान कार्यालयक  अनुसार धादिङको थाक्रे गाउँपालिका -१ खयरघारीस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा २२ र ३३ वर्षीय युवकको मृत्यु भएको हो।

बुधबार बिहान सवा १० बजेतिर गल्छीबाट काठमाडौं आउँदै गरेको बा ५७ प ४३२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकदेखि २० मिटर तल खसेको थियो।

दुर्घटनामा धादिङ गल्छी गाउँपालिका -५ सागिनेका अन्दाजी ३३ वर्षीय मंगले भन्ने हरि तामाङ र मोटरसाइकलको पछाडी सवार सोही स्थानकै २२ वर्षीय दिनेश तामाङको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

मृतक दुबै युवकको शवलाई पोष्टमार्टमका अस्पताल पठाएर प्रहरीले दुर्घटना बारे थप अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्