नेभिगेशन
नेपाल प्रहरी

जेल सजाय पाएर फरार रहेका विभिन्न मुद्दाका ३२ प्रतिवादी पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न मुद्दामा अदालतबाट फैसला भई जेल सजाय पाएर फरार रहेका ३२ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय  अनुसार फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले  विशेष टोली परिचालन गरी भदौ २० गतेदेखि २६ गतेसम्मको कारबाहीमा ३२ फरार प्रतिवादीलाई  पक्राउ गरिएको हो।

पक्राउ परेका प्रतिवादीबाट अदालतले तोकेको  १ लाख ७४ हजार ७ सय ९० रुपैयाँ जरिवाना तथा ५ वर्ष ४ महिना ७ दिन कैद कार्यान्वयन हुने जिल्ला प्रहरी बाँकेले जनाएको छ।

पक्राउ परेका ३२ प्रतिवादीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्