नेभिगेशन
नेपाल प्रहरी

प्रहरीको कारबाहीमा लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका–३, गोकर्ण तारेभीर नजिकबाट ७ किलोग्राम गाँजासहित सोही ठाउँ बस्ने ६५ वर्षीय लक्ष्मीराम गौतम पक्राउ परेका छन्। प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

सुनसरीको कोशी गाउँपालिका–१ बाट ३ ग्राम ३ सय ९० मिलिग्राम ब्राउनसुगरसहित धादिङ बेनीघाट रोराङ गाउँपालिका–१ बस्ने २८ वर्षीय राजकुमार थिङ तामाङ पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–९, बाँधडाँडाबाट ५ सय ९० मिलिग्राम ब्राउनसुगर र नियन्त्रित लागूऔषध ट्रमाडोल ५ ट्याब्लेटसहित सोही ठाउँ बस्ने २५ वर्षीय भजन देव राम पक्राउ परेका छन्। प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरीले को १० प ८८५२ नम्बरको मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार  दाङको तुलसीपुर उपमहानगरपालिका–११, उरहरीस्थित कपाल काट्ने पसलबाट १६ ग्राम ४ सय ७० मिलिग्राम ब्राउनसुगरसहित १९ वर्षीय दीपक बिकसहित चार जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले दीपकको पसल तलासी गर्दा लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

झापाको झापा गाउँपालिका–४, पेश्करटोलबाट ७ ग्राम १४ मिलिग्राम ब्राउनसुगरसहित शिवसताक्षी नगरपालिका–६ बस्ने ५३ वर्षीय सञ्जय अग्रवालसहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

कैलालीको टीकापुर नगरपालिका–९, खक्रौलाबाट १ ग्राम १ सय ५० मिलिग्राम खैरो हेरोइनसहित सोही नगरपालिका–१ बस्ने २८ वर्षीय आशिषकुमार महतो पक्राउ परेका छन्। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–२, घोडहाबाट नियन्त्रित लागूऔषध स्पास्मो ४ सय २८ ट्याब्लेटसहित भारत उत्तर प्रदेश, थाना निचलौल, परागपुर बस्ने २० वर्षीय हदिश अलिसहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले युपि ५६ ए ०९३९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

मोरङको कटहरी गाउँपालिका–३, रिङरोड नजिकबाट ४५ ग्राम ९ सय ५० मिलिग्राम ब्राउनसुगरसहित भारत अररिया, थाना सोनामनि गोदाम, डुमरिया बस्ने २२ वर्षीय बिक्कीकुमार मण्डलसहित दुई जना पक्राउ परेका छन्। प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीले बिआर ३८ एजे ९०१४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

जाजरकोटको शिवालय गाउँपालिका–१, छेडाचौरबाट २ सय ३० मिलिग्राम ब्राउनसुगरसहित रुकुम पश्चिम आठबिसकोट नगरपालिका–९ बस्ने २४ वर्षीय शसिराम परियार पक्राउ परेका छन्। प्रहरी चौकी छेडाचौरबाट खटिएको प्रहरीले लु।प्र।०१–००१ च १७४० नम्बरको बोलेरोमा सवार उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्