नेभिगेशन
नेपाल प्रहरी

आफ्नो नाम जोडिएको भ्रामक समाचारप्रति लुम्बिनीका डीआईजी खत्रीको आपत्ति, कानुनी उपचारको चेतावनी

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भूपेन्द्रबहादुर खत्रीले आफूलाई जोडेर प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएका छन्।

भदौ २८ गते एक अनलाइनमा ‘आइजीविरुद्ध निरन्तर प्रहार, कतै खगेन्द्र सुनार परिचालित त छैनन् ?’ शीर्षकमा प्रकाशित समाचारमा आफ्नो नाम जोडेर तथ्यहीन, भ्रामक तथा मनगढन्ते आरोप लगाइएको भन्दै डीआईजी खत्रीले खेद व्यक्त गरेका हुन्।

प्रेस विज्ञप्तिमार्फत खत्रीले आफ्नो व्यावसायिक इमानदारी, पेशागत निष्ठा र कार्यकुशलतामाथि कपोलकल्पित सामग्रीमार्फत प्रहार गरिएको दाबी गरेका छन्। संगठनप्रतिको आफ्नो समर्पण र पेशागत जीवन पारदर्शी रहेको उल्लेख गर्दै उनले आफ्नो छवि र निष्ठामाथि प्रश्न उठाउने उद्देश्यले गलत सामग्री प्रकाशन गरिएको आरोप लगाए।

प्रकाशित सामग्रीको विश्वासमा नपर्न आग्रह गर्दै उक्त विषयमा अविलम्ब कानुनी उपचारमा जाने जानकारीसमेत डीआईजी खत्रीले दिएका छन्।

नेपाल प्रहरी संगठनमै डीआईजी खत्री एक अब्बल उच्च अधिकृत मानिन्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्