नेभिगेशन
नेपाल प्रहरी

दुबईबाट काठमाडौं आएका भारतीय नागरिक सुनसहित त्रिभुवन विमानस्थल प्रहरीको नियन्त्रणमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो बढी सुनसहित प्रहरीले भारतीय नागरिक पक्राउ गरेको छ।

आज दिउँसो साढे १२ बजे दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ मार्फत काठमाडौं आएका भारतको केरलाका मोहम्मद चेरा थोडीलाई शंकास्पद गतिविधिका आधारमा चेकजाँच गरिएको पत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले जनाएको छ।

चेकजाँचका क्रममा उनले लगाएको पेन्टीभित्र प्लास्टिकमा प्याक गरी लुकाएर ल्याएको अवस्थामा अर्धठोस सुन फेला परेको प्रहरीले जनाएको छ।

बरामद सुनको तौल ५३५ ग्राम रहेको छ। भन्सार छली अवैध रूपमा ल्याइएको उक्त पदार्थसहित मोहम्मद चेरा थोडीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्