नेभिगेशन
नेपाल प्रहरी

१२ बोर कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ, 'पेस्तोलसहित किन आए नेपाल?'

काठमाडौं । प्रहरीले भारतीय नागरिकलाई १२ बोर कटुवा पेस्तोलसहित पक्राउ गरेको छ।

रौतहटको परोहा नगरपालिका–८ पटेल चोकबाट १२ बोरे कटुवा पेस्तोलसहित बिहारको मोतिहारी जिल्लास्थित श्रीपुर ग्रामका  ३७ वर्षीय गोबिन्द दासलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार आज दिउँसो सवा ३  बजे प्रहरी चौकी नरकटिया मोतिपुरबाट खटिएको टोलीले पटेल चोकमा दासलाई शंकास्पद अवस्थामा फेला पारेको थियो । प्रहरी टोलीलाई देखेपछि उनले पेस्तोल फालेर भाग्ने प्रयास गरेका थिए । सो क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पक्राउ परेका दास र बरामद पेस्तोलका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने भारतीय  नागरिक गोविन्द पेस्तोल लिएर नेपाल कसरी आइपुगे र के उदेश्यका साथ किन नेपाल आए भन्ने बारेमा समेत अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्