नेभिगेशन
नेपाल प्रहरी

दक्षिण अफ्रिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा ३२ वर्षीय युवक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण अफ्रिका पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१ घर भई काठमाडौंको बूढानीलकण्ठ बस्दै आएका ३२ वर्षीय सुजन न्यौपाने रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार न्यौपानेले दक्षिण अफ्रिकामा आकर्षक तलब हुने रोजगारी लगाइदिने भन्दै एक जनाबाट २ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई कपनबाट पक्राउ गरेको हो।

पक्राउ परेका न्यौपानेलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्