नेभिगेशन
नेपाल प्रहरी

सांसद रचना खतिवडाविरुद्ध अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका हुन् दुर्गा प्रसाईं

काठमाडौँ । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोबाट खटिएको टोलीले सोमबार बिहान भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको हो।

साइबर ब्युरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीका अनुसार प्रतिनिधिसभा सदस्य रचना खतिवडालाई लक्षित गरी सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिसम्बन्धी उजुरीका आधारमा प्रसाईंलाई नियन्त्रणमा लिइएको हो।

प्रसाईंले सांसद खतिवडालाई लक्षित गर्दै सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोप छ। उक्त अभिव्यक्तिको विरोधमा सांसद खतिवडाले प्रतिनिधिसभामै आवाज उठाएकी थिइन्।

प्रहरीका अनुसार अदालतबाट पक्राउको अनुमति लिएर प्रसाईंलाई पक्राउ गरिएको हो। उनीविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइने साइबर ब्युरोले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्