नेभिगेशन
सुरक्षा अपडेट

बाढी–पहिरोमा परी ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार

काठमाडौं । अविरल वर्षाका कारण असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बाढी, पहिरोलगायतका विपद्मा परी बागमती प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना तथा गण्डकी र कर्णाली प्रदेशमा एक–एक जनाको मृत्यु भएको हो ।

विपद्मा परी दुई जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस अवधिमा विभिन्न स्थानबाट ४०७ जनाको उद्धार गरिएको छ ।

प्रहरीले बाढी तथा पहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षित राख्ने कामसमेत गरिरहेको जनाएको छ । उक्त कार्यमा विभिन्न निकाय र स्थानीयवासीसँग समन्वय तथा सहकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्