नेभिगेशन
नेपाल प्रहरी

'हनी ट्रयाप’को जाल बिछ्याएर रकम असुल्ने महिला ब्ल्याकमेलर बाँके प्रहरीको नियन्त्रणमा

नेपालगन्ज । प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर ‘हनी ट्रयाप’ गर्दै ब्ल्याकमेलिङमार्फत रकम तथा जिन्सी सामान असुली गरेको आरोपमा बाँके प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१० सुकेधारा बस्दै आएकी ३० वर्षीया साविता श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बाँके प्रहरीका अनुसार ब्ल्याकमेलर श्रेष्ठले बाँकेको बैजनाथ गाउँपालिका–२ का ३२ वर्षीय एक पुरुषलाई पूर्वयोजनाअनुसार प्रेम सम्बन्धमा पारेर शारीरिक सम्बन्धसमेत बनाएकी थिइन् । त्यसपछि उक्त सम्बन्धलाई आधार बनाएर विभिन्न मुद्दामा फसाइदिने भन्दै डर, त्रास र धाकधम्की दिई पटक–पटक नगद तथा जिन्सी सामान असुली गरेको आरोप छ ।

प्रहरीका अनुसार पुरुषलाई ‘हनी ट्रयाप’मा पारेर रकम तथा सामान असुली गरेपछि श्रेष्ठ फरार भएकी थिइन् । उनलाई खोजी गर्ने क्रममा प्रहरीले असोज ५ गते पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटनाबारे श्रेष्ठविरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्