नेभिगेशन
सुरक्षा अपडेट

एकाबिहानै तुलसीपुरमा लुटियो महिलाको सुनको सिक्री

दाङ । तुलसीपुरमा आज एकाबिहानै एक जना महिलाको सुनको सिक्री लुटिएको छ। तुलसीपुर उपमहानगरपालिका–६ गुम्ह्राचोक निवासी ३० वर्षीया सृजना केसीको बाहिनी चोक नजिकै सुनको सिक्री लुटिएको हो।

बिहानै मर्निङवाकमा निस्किएकी सृजनाको बाहिनी चोकको सडक किनारमा सिक्री लुटिएको हो। उक्त स्थानमा गाउँघरबाट स्थानीय किसानले आफ्ना तरकारीजन्य उत्पादन बिक्री गर्न लस्करै बस्ने गर्छन्। त्यहाँ बिहान सधैँ तरकारी किन्नेहरूको भिडभाड हुने गर्छ।

त्यसैको फाइदा उठाउँदै झिसमिसे बिहानीमा मधेसी मूलका जस्ता देखिने अपरिचित व्यक्तिले सृजनाको घाँटीबाट करिब डेढ तोलाको सुनको सिक्री थुतेर भागेको पीडितले प्रहरीलाई जानकारी गराएकी छिन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीका अनुसार सुनको सिक्री लुटिएको विषयमा पीडितले बिहान पौने ६ बजेतिर इलाका प्रहरी कार्यालय तुलसीपुरमा फोन गरेर जानकारी गराएकी थिइन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्