नेभिगेशन
नेपाल प्रहरी

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं। १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका–१४, नाङ्रुप्पाका २४ वर्षीय दिपक राई रहेका छन्। उनलाई आइतबार बिहान इलाम प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरी चौकी फिक्कलबाट खटिएको टोलीले राईलाई पक्राउ गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्