नेभिगेशन
नेपाल प्रहरी

ट्रामाडोलसहित नेपालगन्जबाट जाजरकोटका १९ वर्षीय युवक पक्राउ

बाँके। नेपालगन्ज उपमहानगरपालिका–१४ भवनीयापुरबाट प्रहरीले २ सय ८० ट्याब्लेट ट्रामाडोलसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका–३ का १९ वर्षीय शंकर शाही रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले सोमबार दिउँसो भवनीयापुरबाट शाहीलाई नियन्त्रित लागूऔषध ट्रामाडोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्