नेभिगेशन
नेपाल प्रहरी

३ थान बन्दुकसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले तीन थान बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ। सुनसरीस्थित बराहक्षेत्र नगरपालिका-१ तल्लो बगुवा टोलबाट प्रहरीले ३ थान भरूवा बन्दुकसहित २ जनालाई पक्राउ प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आइतबार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्रका ४४ वर्षीय मन बहादुर राई र ४२ वर्षीय राजेन्द्र राईलाई बन्दुकसहित पक्राउ गरेको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुलाई ४० वर्षीय स्थानीय सुमन राईको भान्सा घरबाट तीन थान बन्दुक सहित पक्राउ गरिएको थियो।

सुनसरी प्रहरीले फरार रहेका सुमन राईको खोजतलास सुरु गर्दै पक्राउ परेका दुई जनासँग थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...