नेभिगेशन
सुरक्षा अपडेट

त्रिपुरेश्वर बस आगजनी घटनाका घाइते चालकको अवस्था गम्भीर

काठमाडौं । त्रिपुरेश्वरचोकमा बसमा भएको आगजनीमा परी घाइते भएका चालक २५ वर्षीय दावा लामाको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत लामाको शरीरको करिब ९० प्रतिशत भाग जलेको चिकित्सकहरूले बताएका छन। उनको अवस्था गम्भीर रहेको र थप उपचार भइरहेको अस्पतालले जनाएको छ ।

घाइते लामालाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा भीषण आगलागी भएको थियो । आगलागीमा चालक लामा घाइते भएका थिए ।

लामा काभ्रे घर भएका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक आफैँले बसमा आगजनी गरेक हुनसक्ने देखिएछ । ट्राफिक प्रहरीसँग भएको विवादपछि उनले बसमा आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ । यद्यपि आगलागीको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्