नेभिगेशन
नेपाल प्रहरी

मर्निङवाकमा निस्किएकी २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं । मर्निङ वाक निस्किएकी २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। आज बिहान मोरङको जहदा गाउँपालिकामा मर्निङवाकमा निस्किएकी ती युवतीलाई एक समूहले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी मोरङले जानकारी दिएको छ। 

मर्निङ वाकमा रहेकी ती युवती सामूहिक बलात्कारपछि उनको हातखुट्टा बाँधिएको र मुखमा पट्टि लगाइएको  अर्धचेत अवस्थामा बाँसको झ्याङ्गमा  फेला परेको प्रहरीले जनाएको छ। 

विराटनगरको अस्पतालमा उपचार भइरहेको ती युवतीमाथि प्रहरीको प्रारम्भिक अनुसन्धानमा सामूहिक बलात्कार भएको देखिएको र बलात्कार घटनामा संलग्न भएकाहरुको खोजीकार्य जारी रहेको मोरङ प्रहरीले जनाएको छ। 

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गर्दै विभिन्न स्थानमा प्रहरी परिचालन गर्दै सीमानाकामा पनि कडा निगरानी बढाएको जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...