नेभिगेशन
नेपाल प्रहरी

२२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार घटना: एक भारतीयसहित ३ जना पक्राउ

काठमाडौं । मर्निङवाक निस्किएकी २२ वर्षीया युवतीमाथि भएको सामूहिक बलात्कार घटनामा प्रहरीले ३ जनालाई पक्राउ गरेको  छ।

मंगलबार बिहान मोरङको जहदहा गाउँपालिकाकी मर्निङवाकमा निस्किएकी ती युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा मोरङको कटहरी गाउँपालिका-२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो गुल्जारलाई पक्राउ गरेको जिल्ला प्रहरी मोरङले जानकारी दिएको छ। 

मर्निङ वाकमा निस्किएकी ती युवती सामूहिक बलात्कारपछि उनको हातखुट्टा बाँधिएको र मुखमा पट्टि लगाइएको  अर्धचेत अवस्थामा बाँसको झ्याङ्गमा मंगलबार फेला परेकी थिइन् ।

विराटनगरको अस्पतालमा उपचाररत ती युवतीले आफू माथि  सामूहिक बलात्कार भएको जानकारी दिएपछि  बलात्कार घटनामा संलग्न भएकाहरुको खोजीकार्य गर्दा उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...