नेभिगेशन
नेपाल प्रहरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २५ वर्षीय युवक पक्राउ

धनकुटा। प्रहरीले धनकुटामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २५ वर्षीय युवकलाई पक्राउ गरेको छ।

प्रहरीले बलात्कार आरोपमा जिल्लास्थित चौबिसे गाउँपालिका-२ बस्ने २५ वर्षीय मेख बहादुर लिम्बुलाई सोमबार बिहान  पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लिम्बुले ती बालिकालाई ललाईफकाई चौबिसे गाउँपालिका-६ राजारानीस्थित होटलमा लगेर पुस ८ गते बलात्कार गरेको  उजुरीको आधारमा प्रहरी चौकी मुढेबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...