नेभिगेशन
सुरक्षा विशेष

पछिल्लो समयमा लागुऔषधले भयावह रुप लिदैंछ: गृहमन्त्री

काठमाडौं  समाजमा सबैभन्दा बढी लागुऔषध सेवन,आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन्। 

आज  कञ्चनपुरमा आयोजना गरिको  खेल महोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अहिले मुख्य चुनौतीका रूपमा लागुऔषध सेवन, आत्महत्या र सडक दुर्घटना रहेको बताए। उनका पछिल्लो समय लागुऔषधले भयावह स्थिति रहेको बताउँदै यसको न्यूनीकरणका लागि विद्यालय स्तरबाट अभियान सञ्चालन गर्नुपर्ने बताए।

‘समाजमा लागुऔषध, आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रूपमा देखिएको छ,’ गृहमन्त्री लेखकले भने, ‘लागुऔषधबाट समाजको मुक्तिका लागि अभियान सञ्चालन गर्नुपर्ने छ। यसका लागि एनप्याब्सनले विद्यालयस्तरबाटै सुरूवात गरोस्।’

उनले लागुऔषधले घरघरका बालबालिकाहरू प्रभावित भइरहेकाले स्थानीय सरकार र निजी संघ संस्था सबैले गम्भीर रूपमा लिएर लागुऔषधको विरूद्धमा अभियान सञ्चालन गर्नुपर्ने बताए।

त्यसैगरी निजी तथा आवासीय विद्यालयहरूले शिक्षाको गुणस्तरीय वृद्धि गर्न महत्वपूर्ण भूमिका रहेको बताउँदै विद्यार्थीहरुलाई लागुऔषध दुर्ब्यसनमा नफस्न समेत अनिवार्य रुपले विशेष शिक्षा दिनुपर्ने गृहमन्त्रीले बताएका हुन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्