काठमाडौँ। प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुलाई विभिन्न किसिमका लागुऔषधसहित पक्राउ गरिएको हो।
प्रहरीले काठमाडौंको कीर्तिपुर नगरपालिका-१० टियु गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम सहित तार्केश्वर नगरपालिका-३ जितपुर घर भएका ४२ वर्षीय सोभित थापालाई पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले कीर्तिपुरबाट तार्केश्वर जितपुरतर्फ जाँदै गरेको बा.प्र ०२-०२२ प ०७५० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुरको महालक्ष्मी नगरपालिका-४ ईमाडोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्राम सहित काठमाडौं बुढानिलकण्ठ बस्ने इलाम घर भएका २१ वर्षीय साहिल कट्टेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले बा.५७ प ५४६३ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यसैगरी कैलालीको गोदावरी नगरपालिका-५ मेडिकल कलेज नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय ओकेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै प्रहरीले कैलालीकै घोडाघोडी नगरपालिका-१ भजनी रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय मिलिग्राम सहित सोही नगरपालिका-१ जनकपुर बस्ने ३० वर्षीय महेश चन्दलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
प्रहरीले कैलालीकै धनगढी उपमहानगरपालिका-४ शिवपुरीधामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ बस्ने ३८ वर्षीय भरत चौधरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शिवपुरीधामबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ चम्मन चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम सहित सोही ठाउँस्थित रोल्पाली सुकुटी सेन्टर होटल संचालन गर्दै आएकी दार्चुला महाकाली नगरपालिका-४ घर भएकी ४२ वर्षीया शान्ती ऐरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरकै बेलौरी नगरपालिका-७ कालोपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ५० मिलिग्राम र गाँजा १ ग्राम ३ सय २० मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-८ स्याउले बस्ने २५ वर्षीय अम्मर नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
प्रहरीले सुनसरीस्थित धरान उपमहानगरपालिका-१५ सुवेदी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार २ सय ३० ट्याब्लेट र स्पास्पेन ३ हजार २ सय ३० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१४ बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सम्बन्धित जिल्ला प्रहरी कार्यालयले पक्राउ परेक उनीहरुसँग लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।