काठमाडौँ । काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका प्रतिवादी नेपाल पूर्वडीआईजी छविलाल जोशीअदालतमा उपस्थित भएका छन् ।
आज जिल्ला अदालत काठमाडौंमा जोशी उपस्थित भएका हुन् । जोशीविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगीमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
सोही सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पनि मुद्दा दायर हुँदा लामिछाने यसअघि नै ६० लाख रुपैयाँ धरौटीमा बुझाएर रिहा भइसकेका छन् ।
जोशी पनि कास्की अदालतबाट अर्को सहकारी ठगी मुद्दामा ८८ लाख रुपैयाँ तिरेर धरौटीमा रिहा भएका थिए।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com