नेभिगेशन
सुरक्षा अपडेट

चंखेली दुर्घटनामा एकजनाको मृत्यु,४ जना घाइते

काठमाडौं  । हुम्लाको चंखेलीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। उक्त दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् ।

जिल्लास्थित चंखेली गाउँपालिका-१ बोहोराबाडामा ट्याक्टर दुर्घटनामा परी तुले बोहोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले एकजनाको मृत्यु भएको र ४ जना  घाइते भएको बताए।

जसमा एक जना गम्भीर छन् भने दुई जनालाई चोट छ । एक जना सामान्य घाइते मात्र भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्