नेभिगेशन
नेपाल प्रहरी

डीएसपी बिष्टले गरे रुकुम पश्चिम प्रहरी परिसरको निरीक्षण, त्रुटी र कमजोरी सुधार गर्न निर्देशन

रुकुम पश्चिम। जिल्ला प्रहरी रुकुम पश्चिम प्रमुख डीएसपी प्रमुख बिष्टले जिल्ला प्रहरी परिसरको निरीक्षण गर्द सुधार गर्न निर्देशन दिएका छन् ।

केही दिनअघि सरुवा भएर आएका डीएसपी बिष्टले आज निरीक्षणका क्रममा सबैभन्दा पहिला प्रहरीको व्यक्तिगत टर्नआउटको समेत निरीक्षण गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

जिल्ला प्रहरी परिसरको निरीक्षण गर्दै डीएसपी बिष्टले प्रहरी कर्मचारी बस्ने ब्यारेक, खाना बनाउने र  खाने मेस तथा क्यान्टिन तथा हिरासत कक्षको समेत निरीक्षण गरेका हुन् । उनले प्रहरी कार्यालयका विभिन्न शाखाको समेत निरीक्षण गरेको रुकुम पश्चिम प्रहरीले जानकारी दिएको छ।

निरीक्षणका क्रममा डीएसपी बिष्टले देखेका त्रुटी र कमजोरीलाई सुधार गर्न समेत निर्देशन दिएका थिए।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्