काठमाडौं । पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी रकम हिनामिना प्रकरणमा जोशीलाई काठमाडौं जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले आज ५० लाख धरौटी रकम बुझाएर रिहा गर्न आदेश दिएका हुन।
काठमाडौं जिल्ला अदालतमा पूर्वडीआईजी जोशीमाथि ५ करोड ७८ लाख ९६ हजार चार सय ८० रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो।
सोही मुद्दामा पूर्व गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।