नेभिगेशन
नेपाल प्रहरी

जुवाखालबाट १३ जुवाडे लाखौं रुपैयाँसहित पक्राउ

काठमाडौं । प्रहरीले जुवाखालबाट १३ जना जुवाडेलाई लाखौं रुपैयाँ सहित पक्राउ गरेको छ।

धनुषाको क्ष्रिरेश्वरनाथ नगरपालिका-६ कुचाई टोल बस्ने कैलाश खातीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने ३८ वर्षीय अरूण कुमार ठाकुर समेत १३ जनालाई  प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ३० हजार २ सय ३० नेपाली रूपैयाँ, ४ सय ३० भारतीय रूपैयाँ र ४ सय ८६ मलेसियन रिङ्गिट सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...