नेभिगेशन
नेपाल प्रहरी

१ क्विन्टल बढी गाँजा र पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । प्रहरीले एक क्विन्टल बढी  गाँजा र कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।

रौतहट प्रहरीले गौर नगरपालिका-४ टिकुलियाका २१ वर्षीय सावन गिरीलाई रौतहट-४ मा झोलुङ्गे पुलको बाटो हुँदै जाँदै गरेको अवस्थामा गाँजा र कटुवा पेस्तोलका साथै त्यसमा लाग्‍ने ४ थान गोलीसहित पक्राउ गरेको जानकारी दिएको छ।

प्रहरीका अनुसार गिरीले झोलुङ्गे पुलको बाटो हुदै   गाँजा ओसारपोसार गरी भारततर्फ लैजादै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले गिरीको साथबाट ८ एमएम के एफ लेखिएको ३ थान गोली र १ थान गोले लोड रहेको कटुवा पेस्तोल फेला परेको हो।

उक्त कार्य उनीसँगै रहेका अन्य फरार रहेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। रौतहट प्रहरी पक्राउ परेका गिरीसँग थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...