नेभिगेशन
सुरक्षा अपडेट

अछामको जयगढमा भीषण आगलागी, ७ पसल जलेर नष्ट

अछाम । अछाममा भीषण आगलागी भएको छ। जिल्लाको जयगढ बजारमा भीषण आगलागी हुँदा अहिलेसम्म ७ वटा पसल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ।

बान्नीगढी जयगढ गाउँपालिका-३ स्थित जयगढ बजारमा आज साँझ ७:२० बजेदेखि आगलागी भएकोमा अहिलेसम्म नियन्त्रणमा लिन नसकिएको अछाम प्रहरीले जानकारी दिएको छ। 

भीषण आगलागीलाऐ नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । तर दमकल अभावमा समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ।

आगो निभाउन सकस भइरहदा अहिले मंगलसेन नगरपालिकाको दमकल आएर आगो निभाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्