नेभिगेशन
नेपाल प्रहरी

दुर्गा प्रसाईंका अंगरक्षक खड्का पनि पक्राउ

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा प्रसाईं फरार रहेका दुर्गा प्रसाईंलाई पक्राउ गरे लगत्तै उनका अंगरक्षकलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले प्रसाईंका  अंगरक्षक दीपक खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रसाईं र खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको जनाएको छ।

प्रसाईंलाई भारतको असामबाट भारतीय प्रहरीको सहयोग पक्राउ गरेर झापा हुँदै काठमाडौं ल्याउन लागेको  प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...