नेभिगेशन
नेपाल प्रहरी

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा खान पक्राउ

झापा। प्रहरीले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको  आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका-२ घर भएका २४ वर्षीय दिलबर खान रहेको प्रहरीले जानकारी दिएको छ। 

खानले ती बालिकालाई मेचीनगर नगरपालिका-९ संगम चोकस्थित साईकिर्पा कपी उद्योगमा शनिबार राति बलात्कार  गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले सोमबार राति उनलाई पक्राउ गरेको हो । 

प्रहरीले खानसँग घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...