नेभिगेशन
सुरक्षा अपडेट

विष सेवनबाट एकै परिवारका ३ बालबालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

काठमाडौं  धनुषाको शहीदनगर नगरपालिका–५ यदुकुहामा विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । सोही घटनामा आमा सिकिस्त छिन् ।

 एकै परिवारका आमासहित चार जनाले विष सेवन गर्दा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । 

विष सेवनबाट स्थानीय सुशील साहका छ वर्षीय छोरा आदित्य, चार वर्षीया छोरी आकृति तथा दुई वर्षीया छोरी आरुती साह मृत्यु भएको हो । 

तीनै जनाको घटनास्थलमै मृत्यु भएको र आमा पवित्रा साहको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 

सोमबार राति भएको घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्