नेभिगेशन
नेपाल प्रहरी

भूमिकाको हत्या आरोपमा शान्तिराम पक्राउ

काठमाडौं । प्रहरीले हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।प्रहरीले  इलामको माई नगरपालिका-४ सिंजालीटारका ५२ वर्षीया भूमिका चापागाँईको हत्या आरोपमा सोही ठाउँ बस्ने ४२ वर्षीय शान्तिराम दुलाललाई पक्राउ गरेको हो । 

दुलालले धारिलो हतियार खुकुरी प्रहार गर्दा भूमिका गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी भूमिकाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...