नेभिगेशन
सुरक्षा अपडेट

जानकी गाउँपालिकामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु,३ जना घाइते

नेपालगन्ज दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँएर भयानक दुर्घटनामा एक जनाको मृत्यु हुँदा ३ जना घाइते भएका छन् । 

कैलालीको जानकी गाउँपालिका-३ को डुडेझारीको वडा कार्यालय अगाडि  से५ प२५६० र सुपप्र ०१०१प ८०७५ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठोक्किँएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

कैलाली प्रहरीले दिएको जानकारी अनुसार बुधबार दिउँसो उक्त मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका जानकी गाउँपालिका-८ का से५ प २५६० नम्बरका १९ वर्षीय युवक चालक राकेश परियारको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा परेर गम्भीर घाइते भएका ४५ वर्षीय  अर्का मोटरसाइकल चालक पुष्कर शाहीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलको पछाडि सवार अस्पतालमा उपचाररत १८ वर्षीया कमल रावल र १३ वर्षीया प्रिन्सी शाहीको अवस्थामा सामान्य रहेको छ। उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्