नेभिगेशन
नेपाल प्रहरी

२ सय २५ किलो गाँजा बोकेको ट्याक्टरसहित ४ जना गाँजा तस्कर पक्राउ

बारा। नेपाल प्रहरी २ सय २५ किलो गाँजा लोड गरिएको ट्याक्टरसहित ४ जनालाई पक्राउ गरेको छ।बारा प्रहरीका अनुसार जिल्लाको आदर्श कोतवाल गाउँपालिकाबाट प्रहरी गस्ती टोलीले २२५ किलो  गाँजा लोड गरिएको ट्याकटर समेत नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा आदर्शकोतवाल ३ बाँतराका  ३० वर्षीय ट्याक्टर चालक नन्दकिशोर मुखिया बिन, गाँजा तस्करहरू हेटौडा नगरपालिका-४  बस्ने २१ वर्षीय कमाण प्रजा, मकवानपुरको कैलास गाउँपालिका -४ देवतिस बस्ने २४ वर्षीय सिताराम प्रजा ,मकवानपुरको बकैया गाउँपालिका-५ छतिवन बस्ने २२ वर्षीय नवराज मगर रहेका छन् ।

प्रहरीले आदर्शकोतवाल -३ बाँतरा गाउँ छेउ खेतमा पार्किङ गरी राखेको प्र-२-०३-००१त ४८७६ नम्बरको ट्याक्टरको ढालामुनि फल्स बटन बनाई  गाँजा लुकाई छिपाई राखिएको सूचना पाएर गएको टोलीले चेकजाँच गर्दा प्लास्टिकले बेरिएको गाँजा १५ वटा काटुनमा  २ सय २५ किलोग्राम बरामद गरेको जानकारी दिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा गाँजा र ट्याक्टरसहित नन्दकिशोर मुखिया बिनलाई  नियन्त्रणमा लिएर सोधपुछ गर्दा थप ३ जनाको संलग्नता रहेको देखिएको पाइएको थियो।  प्रहरीले थप ३ जनाको खोजतलास गर्दा कोल्हवी बजार स्थितमा रोज उड होटेलको कोठा नम्बर ३०३ मा छापामारी गाँजा तस्करलाई पक्राउ गरेको थियो। 

प्रहरीले पक्राउ परेका ४ जनालाई लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्