नेभिगेशन
नेपाल प्रहरी

श्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौं  श्रोत नखुलेको लाखौं रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँ सहित २ जनालाई पक्राउ गरेको जानकारी दिएको छ।

पक्राउ पर्नेमा गोरखाको शहिद लखन गाउँपालिका-८ का २५ वर्षीय बिमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ४० प २६४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको तनहुँ प्रहरीले जनाएको छ।

शनिबार साँझ पक्राउ परेका उनीहरुलाई यस सम्बन्धमा थ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्