नेभिगेशन
नेपाल प्रहरी

एम्बुलेन्समा तस्करी गरेर लैजादैं गरिएको १ सय ८० किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ

काठमाडौं प्रहरीले एम्बुलेन्ससहोत १ सय ८० किलो गाँजा नियन्त्रणमा लिएको छ। सुनसरीको रामधुनी नगरपालिका-६ पिडारीबाट एम्बुलेन्समा तस्करी गरेर लैजादै गरेको १ सय ८० किलो बरामद गरेको हो।

प्रहरीले गाँजा र एम्बुलेन्ससहित रामधुनी नगरपालिका-४ का २५ वर्षीय श्रीराज कुमार साहलाई पनि नियन्त्रणमा लिएको जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरीले बिआर ३८ पि ५४१४ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा सेतो बोराले बेरेको ६ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी एम्बुलेन्स चालक श्रीराजलाई पक्राउ गरेको हो ।

पक्राउ परेका श्रीराजसँग लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...